थाक्रे गाउँपालिकाका दुई विद्यालयमा अनुगमन तथा कक्षा अवलोकन
१४ असोज २०८३
शिक्षा विकास तथा समन्वय एकाइ, धादिङको आयोजनामा थाक्रेका दुई विद्यालयः ज्योति मा.वि र केबलपुर हरिहर भोजकुमारी मा.वि.मा सुपरिवेक्षण तथा कक्षा अवलोकन बुधबार सम्पन्न भएको छ । थाक्रे गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखासँगको समन्वयमा अनुगमन तथा अवलोकन गरिएको हो ।
एकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठ, थाक्रे गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण बहादुर खत्री र विषय विज्ञहरू समेतको समूहले विद्यालयमा देखिएका तपसिलका असल अभ्यासहरू र सुधार गर्नुपर्ने पक्षबारे निष्कर्ष निकालेको छ ।
सकारात्मक पक्षहरूः
१. नियमित विद्यालय सञ्चालन तथा व्यवस्थापन
२. शिक्षक तथा विद्यार्थीको उपस्थिति स्थिति
३. विज्ञान प्रयोगशाला व्यवस्थापन
४. पुस्तकालय व्यवस्थापन तथा पाठ्यपुस्तक परिचालन
५. विद्यालय भवन व्यवस्थापन
६. विद्यालयमा छात्रावास व्यवस्थापन
७. विद्यालयको भौतिक पूर्वाधार एवं भवन
८. विज्ञान प्रयोगशाला
९. बाल विकास कक्षा
१०. शिक्षक स्टाफ बैठक नियमितता
सुधार गर्नुपर्ने पक्षहरूः
१. सबै शिक्षकलाई शिक्षण कार्य पूर्व तयारी योजना निर्माण तथा कार्यान्वयन गर्न लगाउनु हुन तथा सोको समय-समयमा अवलोकन/निरीक्षण प्र.अ.बाट गर्ने/गराउने परिपाटी बसाउनु पर्ने ,
२. परीक्षाको नतिजा विश्लेषण गरी प्राप्त सिकाइ उपलब्धिमा वृद्धि गर्ने प्रतिबद्धता सहितको शिक्षण सुधार योजना निर्माण तथा कार्यान्वयन गर्नुपर्ने ,
३. सबै शिक्षकको शैक्षिक योजनाको आधारमा विद्यालयको मुख्य योजना 'विद्यालय सुधार योजना' (SIP) शैक्षिक सत्र सुरु भएको ६० दिन भित्र निर्माण तथा स्वीकृत गराई कार्यान्वयन गर्नुपर्नेमा हालसम्म निर्माण नभएको पाइएकोले अविलम्ब निर्माण गरी कार्यान्वयन गर्नु पर्ने,
४. आ.व. २०८२/०८३ को सामाजिक परीक्षण हालसम्म गराई सोको समेत आधार लिई लेखा परीक्षण गराउनु पर्ने,
५. शिक्षण क्रियाकलापमा स्थानीय सामग्रीको प्रयोगबाट शिक्षण सिकाइ सामग्री निर्माण र प्रयोग तथा विद्यार्थी सहभागिताबाट गर्ने/गराउने, सबै शिक्षकलाई जानकारी दिनुपर्ने,
६. विज्ञान प्रयोगशालामा विद्यार्थीहरूलाई नियमित रूपमा प्रयोगात्मक क्रियाकलाप गराउनुपर्ने,
७. सामाजिक परीक्षण कार्य गर्नुपर्ने ।
अनुगमनकर्ताहरूः
१. कृष्ण कुमार श्रेष्ठ – एकाइ प्रमुख, EDCU धादिङ
२. कृष्ण बहादुर खत्री – शिक्षा अधिकृत, थाक्रे गा.पा.
३. मुकुन्द अर्याल – सहायक शिक्षा अधिकृत, थाक्रे गा.पा.
४. नवराज पाठक - जिल्ला संयोजक, आधारभूत शिक्षा सुधार परियोजना, जाइका
५. स्यानु पन्त पौडेल, प्र.अ., केबलपुर हरिहर भोजकुमारी मा.वि.
६. सहदेव रेग्मी, प्र.अ., ज्योति मा.वि.