नेपाल सरकार

शिक्षा तथा खेलकुद मन्त्रालय

शिक्षा विभाग

शिक्षा विकास तथा समन्वय एकाइ, धादिङ

धादिङ जिल्लाको वार्षिक शैक्षिक तथ्याङ्क तथा वस्तुगत प्रतिवेदन

शैक्षिक सत्र: २०८३

IEMIS Data Report 2083 - Dhading District

प्रकाशित मिति: असोज १¸ २०८३

१. सारांश :

यस प्रतिवेदनमा धादिङ जिल्लाका १३ वटै स्थानीय तह - २ नगरपालिका र ११ गाउँपालिका को शैक्षिक सत्र २०८३ को समष्टिगत शैक्षिक तथ्याङ्क प्रस्तुत गरिएको छ । Integrated Educational Management Information System - IEMIS मा आधारित यस प्रतिवेदनले जिल्लाको शैक्षिक अवस्था, पहुँच, समता, गुणस्तर, पूर्वाधार, तथा जनशक्तिको अवस्थालाई स्पष्ट पार्दछ । यसमा विशेष गरी धादिङ जिल्लाभित्र स्थापना भई सञ्चालित सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयहरू¸ ती विद्यालयमा भर्ना भई अध्ययनरत विद्यार्थीहरू र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तथ्याङ्कलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ । यस प्रतिवेदनका निष्कर्षहरूले नीति निर्माता, स्थानीय तह, विकास साझेदार तथा सरोकारवालाहरूलाई प्रमाणमा आधारित शैक्षिक योजना निर्माणमा प्रत्यक्ष सहयोग पुऱ्याउनेछ ।

२. विद्यालय सङ्ख्या :

धादिङ जिल्लाका १३ ओटा स्थानीय तहहरूमा शैक्षिक सत्र २०८३ मा जम्मा 533 ओटा विद्यालयहरू सञ्चालनमा रहेका छन् । जसमध्ये 485 सामुदायिक, 42 संस्थागत र 6 धार्मिक विद्यालयहरू रहेका छन् । सबैभन्दा बढी नीलकण्ठ नगरपालिकामा 81 ओटा विद्यालयहरू रहेका छन् भने नेत्रावती डबजोङ गाउँपालिकामा सबैभन्दा कम 18 ओटा मात्र विद्यालयहरू सञ्चालनमा रहेका छन् । नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै संस्थागत विद्यालयहरू 10 ओटा रहेका छन् भने नेत्रावती, खनियाबास र रुवी भ्याली गाउँपालिकामा संस्थागत विद्यालयको सङ्ख्या 0 रहेको छ ।

२.१ तहगत विद्यालय सङ्ख्या :

तहगत रूपमा हेर्दा जिल्लामा माध्यमिक तह- कक्षा ११-१२ चलेका 80 ओटा विद्यालयहरू रहेका छन् । जसमा सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा 13 ओटा सञ्चालनमा रहेका छन् र रुवी भ्याली गाउँपालिकामा सबैभन्दा कम जम्मा 2 ओटा रहेका छन् । जिल्लाभरिमा 161 ओटा विद्यालयमा माध्यमिक तह- कक्षा ९-१० सम्म चलेका छन् । त्यस्तै आधारभूत तह- कक्षा ६-८ चलेका 234 ओटा र आधारभूत तह- कक्षा १-५ चलेका 518 ओटा विद्यालयहरू रहेका छन् भने 516 ओटा विद्यालयमा प्रारम्भिक बालविकास चलेका छन् ।

२.२ तहगत सामुदायिक विद्यालय सङ्ख्या:

तहगत सामुदायिक विद्यालय सङ्ख्या हेर्ने हो भने 70 ओटा विद्यालयमा माध्यमिक तह - कक्षा ११-१२ सम्मको पठनपाठन हुने गर्दछ । त्यस्तै 138 ओटा सामुदायिक विद्यालयमा माध्यमिक तह - कक्षा ९-१० सम्म चलेका छन्। आधारभूत तह - कक्षा ६-८ चलेका 198 ओटा र आधारभूत तह - कक्षा १-५ चलेका 473 ओटा सामुदायिक विद्यालयहरू रहेका छन् भने 475 ओटा सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास चलेका छन् ।

२.३ तहगत संस्थागत विद्यालय सङ्ख्या:

धादिङ जिल्लामा माध्यमिक तह- कक्षा ११-१२ चलेका संस्थागत विद्यालय सङ्ख्या 21 ओटा रहेका छन्, जसमध्ये जम्म्मा 10 ओटामा मात्र माध्यमिक तह - कक्षा ११-१२ अध्यापन हुने गर्दछ । त्यसैगरी, 41 ओटा विद्यालयमा प्रारम्भिक बालविकास देखि आधारभूत तह - कक्षा १-५ सम्म संचालन भएको छ जसमध्ये जम्मा 33 ओटा विद्यालयमा मात्र आधारभूत तह- कक्षा ६-८ सम्म पढाइ हुने गर्दछ ।

२.४ तहगत धार्मिक विद्यालय सङ्ख्या:

धादिङ जिल्लामा रहेका 6 ओटा धार्मिक विद्यालयमध्ये 2 ओटामा मात्र माध्यमिक तह- कक्षा ९-१० सम्म अध्यापन हुने गर्दछ । त्यस्तै 3 ओटामा आधारभूत तह- कक्षा ६-८ र 4 ओटामा आधारभूत तह- कक्षा १-५ सम्म सञ्चालन हुन्छ । धादिङ जिल्लाका कुनै पनि धार्मिक विद्यालयमा माध्यमिक तह- कक्षा ११-१२ सञ्चालन हुँदैन ।

३.विद्यार्थी सङ्ख्या:

धादिङ जिल्लामा जम्मा 67647 जना विद्यार्थीहरु शैक्षिक सत्र २०८३ मा भर्ना भई अध्ययनरत छन् । जसमा 33031 जना छात्राहरु र 34613 जना छात्रहरु रहेका छन् । सबैभन्दा बढी विद्यार्थी नीलकण्ठ नगरपालिकामा 15083 जना रहेका छन् भने सबैभन्दा कम विद्यार्थी 1462 जना रहेको स्थानीय तह नेत्रावती डबजोङ हो । तहगत विद्यार्थी हेर्ने हो भने प्रारम्भिक बालविकासमा 9852 जना¸ आधारभूत तह - कक्षा १-५ मा 27166 जना, आधारभूत तह- कक्षा ६-८ मा 15690 जना, माध्यमिक तह - कक्षा ९-१० मा 9651 जना र माध्यमिक तह- कक्षा ११-१२ मा 5288 जना विद्यार्थी रहेका छन् । यसरी तहगत रुपमा हेर्दा आधारभूत तह - कक्षा १-५ मा सबैभन्दा धेरै विद्यार्थी 27166 जना देखिन्छ भने माध्यमिक तह- कक्षा ११-१२ मा जम्मा 5288 जना मात्र विद्यार्थी देखिन्छ ।

३.१ तहगत सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्या:

शैक्षिक सत्र २०८३ मा धादिङका 52385 जना विद्यार्थीहरु सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । तीमध्ये 26375 जना छात्राहरु र 26010 जना छात्रहरु रहेका छन् ।

३.२ तहगत संस्थागत विद्यालयका विद्यार्थी सङ्ख्या:

संस्थागत विद्यालयमा जम्मा 15125 विद्यार्थीहरु अध्ययनरत रहेका छन् । जसमध्ये 6626 छात्रा र 8499 छात्र रहेका छन् । संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी सङ्ख्या हेर्दा छात्रा भन्दा छात्रको सङ्ख्या 1873 ले बढी छ । संस्थागत विद्यालयहरुमा तहगत रुपमा हेर्दा वालविकासमा 3499¸ आधारभूत - कक्षा १-५ तहमा 7267¸ आधारभूत - कक्षा ६-८ तहमा 2622¸ माध्यमिक - कक्षा ९-१० तहमा 1251 र माध्यमिक - कक्षा ११-१२ तहमा 486 जना विद्यार्थीहरु रहेका छन् ।

३.२ तहगत धार्मिक विद्यार्थी सङ्ख्या:

धादिङमा 6 वटा धार्मिक विद्यालयमा जम्मा 134 जना विद्यार्थी अध्ययन गर्दछन् । धेरैजसो धार्मिक विद्यार्थीहरु आधारभूत तह - कक्षा १-५ सम्म जम्मा 82 जना अध्ययन गर्छन् भने बालविकास र कक्षा ११¸ १२ मा धार्मिक विद्यार्थी छैनन् । सबैभन्दा बढी धार्मिक विद्यार्थी त्रिपुरासुन्दरी गाउँपालिकामा 52 जना रहेका छन् भने रुवी भ्याली मा जम्मा 10 जनामात्र विद्यार्थी रहेका छन् । ६ वटा स्थानीय तहमा मात्र धार्मिक विद्यालय र विद्यार्थी रहेका छन् ।