बुद्धिविकास आधारभूत विद्यालयको क्षति तथा वैकल्पिक व्यवस्थापनसम्बन्धी प्रतिवेदन
बुद्धिविकास आधारभूत विद्यालयको क्षति तथा वैकल्पिक व्यवस्थापनसम्बन्धी प्रतिवेदन
१. विद्यालयको सामान्य विवरण
विद्यालयको नाम: बुद्धिविकास आधारभूत विद्यालय
स्थान: बेनीघाट रोराङ गाउँपालिका-७
२. क्षति तथा प्रभावको विवरण
भौतिक संरचनामा क्षति: विद्यालयको १ वटा भवन, घेराबार/वरिपरिको पर्खाल, शौचालय तथा बालउद्यान पूर्ण रूपमा क्षति भएको छ ।
फर्निचर तथा शैक्षिक सामग्री: कक्षाकोठामा रहेका सम्पूर्ण फर्निचर तथा सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका छन् ।
आवतजावतमा अवरोध: कृष्ण भीर नदीको कटान र पहिरोका कारण साविकको बाटो बिग्रिँदा विद्यार्थीहरूलाई विद्यालयसम्म आवतजावत गर्न गम्भीर समस्या उत्पन्न भएको छ ।
३. हालको अवस्था तथा सञ्चालित वैकल्पिक उपायहरू
पठनपाठन सञ्चालन: पठनपाठन निरन्तरताका लागि बेनीघाट रोराङ-५, विशालटारस्थित 'चन्द्रोदय बहुमुखी क्याम्पस' मा कक्षा सञ्चालन सुरु गरिएको छ । (जसमा कक्षा १ देखि ३ सम्म बहुकक्षा शिक्षण विधि अपनाइएको छ) ।
यातायातको पहुँच: विद्यार्थीहरूलाई सुरक्षित रूपमा क्याम्पससम्म आउन-जानका लागि चन्द्रोदय माध्यमिक विद्यालयको बस प्रयोग भइरहेको छ।
अस्थायी सिकाइ केन्द्र: प्रारम्भिक बालविकास (ECD) का बालबालिकाहरूका लागि क्याम्पसको प्राङ्गणमा युनिसेफ (UNICEF) को सहयोगमा अस्थायी सिकाइ केन्द्र (TLC) स्थापना गर्ने कार्य अघि बढाइएको छ ।
४. भावी कार्यदिशा तथा सिफारिसहरू
जग्गा प्राप्ति र पुनर्निर्माण: साविकको स्थान भौगोलिक रूपमा जोखिमयुक्त भएकाले नयाँ र सुरक्षित स्थानमा जग्गा प्राप्त गरी नयाँ भवन पुनर्निर्माणको प्रक्रिया तत्काल थाल्नुपर्ने ।
वैकल्पिक उपायको खोजी: नयाँ भवन निर्माणमा समय लाग्ने वा जग्गा प्राप्तिमा ढिलाइ हुने भएमा नजिकैको अर्को विद्यालयमा समायोजन (मर्ज) गर्ने वा अन्य दीर्घकालीन विकल्पबारे नीतिगत निर्णय लिनुपर्ने ।