एकाइले २०८३ भाद्र महिनामा सम्पादन गरेका कार्यहरू
एकाइले २०८३ भाद्र महिनामा सम्पादन गरेका कार्यहरू
१. कार्यालयको आधिकारिक वेबसाइट (Website) सञ्चालन
२. १३ सदस्यीय शिक्षा क्लस्टर निर्माण तथा कार्यान्वयन, विपत् सम्पर्क अधिकृत शा.अ. श्री विजय तामाङ तोकिएको
३. प्रभावित विद्यालय तथा साझेदार संस्थाको सहभागितामा शिक्षा क्लस्टरको आयोजनामा २ पटक अन्तर्क्रियात्मक बैठक सम्पन्न
४. हिमपहिरोका कारण प्रभावित विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक सँगको निरन्तर समन्वय र सहयोगमा तथ्याङ्क सार्वजनिक तथा मृतक, कार्यरत तथा निवृत्त शिक्षकको आत्माको चिरशान्तिका लागि श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रमको संयोजन
५. आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम दोस्रो चरण बेनीघाट रोराङको ३ क्लस्टर कार्यशाला सञ्चालन
६. ४ विद्यालय अनुगमन तथा निरीक्षण
७. दुई विद्यालयको विषयविज्ञ सहितको समूह अनुगमन तथा कक्षा अवलोकन र समीक्षा सहितको पृष्ठपोषण
८. गङ्गाजमुनामा आ.व. २०८२/०८३ को प्रगति समीक्षा तथा आ.व. २०८३/०८४ को वार्षिक कार्यक्रम अभिमुखीकरण
९. विशेष शिक्षा सम्पर्क व्यक्ति तोकि लेखाजोखा संयोजकको कार्यको समेत थप जिम्मेवारी प्रदान
१०. शाखा अधिकृत चण्डिका मल्ल ठकुरीको सरुवा पछि फेरि भेटौँला भन्दै नुवाकोट पठाई निजको स्थानमा नयाँ शाखा अधिकृत अन्जला अर्याललाई स्वागत
११. तीन जना जिल्लाभित्र शिक्षा नियमावली दशौँ संशोधन अनुसार सरुवा
१२. एक जना शिक्षकको असाधारण बिदा स्वीकृत
१३. दुई जना शिक्षकलाई अनिवार्य अवकाश तथा ५ जना शिक्षकको राजीनामा स्वीकृत
१४. ११ जना छात्रछात्राको नाम, थर, जन्ममिति सच्याउन सिफारिस
१५. माध्यमिक शिक्षा परीक्षाको एकीकृत प्रमाणपत्र ४६ विद्यालयको १५३ जनालाई प्रदान
१६. माध्यमिक शिक्षा पुरक परीक्षा २०८२ को २९ विद्यालयको १४३ जना विद्यार्थीको ग्रेडसिट तथा प्रमाणपत्र वितरण
१७. ७८० जना स्थायी शिक्षकहरूको सम्पत्ति विवरण राष्ट्रिय किताबखाना (शिक्षक) मा दर्ता
१८. कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपि ३ जनालाई प्रदान।
१९. रु. ८७५५०/- राजस्व सङ्कलन
२०. विभिन्न निकायबाट १९५ वटा पत्र यस कार्यालयमा दर्ता तथा विभिन्न निकायका लागि ११२ वटा यस कार्यालयबाट पत्र चलानी