शिक्षा विकास तथा समन्वय एकाइ, धादिङको आधिकारिक वेबसाइट सञ्चालन

शिक्षा विकास तथा समन्वय एकाइ, धादिङको आधिकारिक वेबसाइट सञ्चालन

Government of Nepal

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा विभाग) अन्तर्गतको शिक्षा विकास तथा समन्वय एकाइ, धादिङ ले सेवाग्राही तथा सर्वसाधारणलाई सहज सूचना पहुँच पुर्‍याउने उद्देश्यले आफ्नो आधिकारिक डिजिटल पोर्टल/वेबसाइट सञ्चालनमा ल्याएको छ ।

वेबसाइटमार्फत कार्यालयले प्रदान गर्ने दैनिक सेवा, सूचना, शिक्षक सरुवा सम्बन्धी जानकारी, विद्यालय प्रशासन, परीक्षा (SEE लगायत), तथा शिक्षक व्यवस्थापनका महत्त्वपूर्ण सूचनाहरू अनलाइनमै सहजै उपलब्ध हुने भएका छन् ।