सिद्दलेक गाउँपालिकामा उपचारात्मक सुपरिवेक्षण 📌२०८२ माघ २८ र २९

सिद्दलेक गाउँपालिकामा उपचारात्मक सुपरिवेक्षण 📌२०८२ माघ २८ र २९

None

शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजनामा सिद्दलेक गाउँपालिकाका तीनओटा माध्यमिक विद्यालयहरूमा विज्ञ शिक्षकहरूको समूहद्वारा उपचारात्मक शिक्षण पद्दति सुपरिवेक्षण सम्पन्न भएको छ ।

सिद्दलेक गाउँपालिका अन्तर्गतका श्री मिन्दुका मा.वि., महाकाली मा.वि. र सत्यवती मा.वि.मा गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयका कक्षाहरु सम्बन्धित विषय विज्ञहरुबाट अवलोकन र सहपाठी शिक्षण गरी विषयवस्तुको ज्ञान, शिक्षण पद्दति र सिकाइ सुधारका बारेमा अन्तरक्रिया गरिएको थियो I

इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीज्यूको नेतृत्वमा सञ्चालित उक्त कार्यक्रममा शाखा अधिकृत श्री चण्डिका मल्ल ठकुरी, शाखा अधिकृत श्री विजय तामाङ, शंखादेवी मा.वि., ज्यामरुङका प्र.अ. एवं माध्यमिक नेपाली शिक्षक श्री नित्यानन्द सुवेदी, निलकण्ठ बालमन्दिर मा.वि., धादिङबेसीका प्र.अ. एवम् विज्ञान शिक्षक श्री विष्णु प्रसाद रिजाल, माध्यमिक गणित शिक्षक श्री चेत नारायण श्रेष्ठ, त्रिपुरासुन्दरी मा.वि., ज्वालामूखीका अङ्ग्रेजी शिक्षक श्री कृष्ण प्रसाद रेग्मी लगायतको विज्ञ टोली खटेको थियो ।

कक्षा सुपरिवेक्षण पछि पृष्ठपोषण तथा अन्तरक्रिया कार्यक्रममा विद्यालयका शिक्षकहरूले आफ्नो अनुभव प्रस्तुत गर्नुका साथै विषय विज्ञहरूले आफूले शिक्षण सिकाइमा अवलम्बन गर्ने असल अभ्यासहरू उदाहरणसहित आवश्यक पृष्ठपोषण दिनुभएको थियो ।

अन्त्यमा इकाइ प्रमुख सुवेदीज्यूले शिक्षकहरू नवीनतम शिक्षण पद्दति, सामग्री, विधि एवम् प्रविधिसँग परिचित हुनुका साथै तिनलाई व्यावहारिक रूपमा कक्षाकोठामा प्रयोग गर्न सकेमा मात्र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आउने कुरामा जोड दिनुभयो ।