वागेश्वरी मा.वि. र किराञ्चोक कार्कीडाँडा मा.वि.मा विद्यालय सुपरिवेक्षण तथा कक्षा अवलोकन

वागेश्वरी मा.वि. र किराञ्चोक कार्कीडाँडा मा.वि.मा विद्यालय सुपरिवेक्षण तथा कक्षा अवलोकन

None

२७ साउन २०८३

शिक्षा विकास तथा समन्वय एकाइ, धादिङको आयोजनामा गल्छी गाउँपालिका अन्तर्गतका विद्यालयहरू श्री वागेश्वरी मा.वि. र श्री किराञ्चोक कार्कीडाँडा मा.वि.मा मिति २०८१/०४/२६ गते गल्छी गा.पा., शिक्षा युवा तथा खेलकुद शाखासँगको समन्वयमा अनुगमन टोलीद्वारा सामूहिक विद्यालय अनुगमन, सुपरिवेक्षण तथा कक्षा अवलोकन कार्य सम्पन्न भएको छ ।

सबल तथा सकारात्मक पक्षहरू (Strengths)

✅

अनुगमनका क्रममा दुवै विद्यालयहरूमा व्यवस्थापकीय तथा शैक्षिक सुधारका निम्ति तपसिलका प्रयासहरू भएको देखिएको छ:

१. नियमितता र उपस्थिति: विद्यालय सञ्चालन नियमित रहेको र शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति सन्तोषजनक पाइएको छ ।

२. अभिलेख तथा प्रविधि प्रयोग: IEMIS अद्यावधिक गरिएको, जिन्सी खाता/अभिलेख व्यवस्थापन सुरु गरिएको र शिक्षक डायरीको प्रयोग गरिएको पाइएको छ ।

३. सुशासन र परीक्षण: सामाजिक तथा आर्थिक लेखापरीक्षण सम्पन्न गरिएको र विषयगत कार्यविभाजन लागू गरिएको छ ।

४. परीक्षा तथा नतिजा: परीक्षा सञ्चालन र नतिजामा सुधारका प्रयासहरू भएका छन् ।

सुधार गर्नुपर्ने पक्षहरू (Areas for Improvement)

✅

विद्यालयहरूको शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिका लागि निम्न विषयहरूमा तत्काल ध्यान दिनुपर्ने देखिन्छ:

१. विद्यालय सुधार योजना (SIP): प्रत्येक वर्ष निर्माण/अद्यावधिक गर्नुपर्ने भए पनि समयमा नभएकाले सरोकारवालाहरूको सहभागितामा अविलम्ब योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ।

२. नतिजा विश्लेषण र सिकाइ सुधार: गत वर्षको परीक्षा नतिजा विश्लेषण गरी सिकाइ उपलब्धि वृद्धिका लागि शिक्षक/विषयगत योजना निर्माण गरी SIP मा जोड्नुपर्ने ।

३. स्थानीय शैक्षिक सामग्री: कक्षा शिक्षणमा स्थानीय र निर्मित शैक्षिक सामग्रीको अधिकतम प्रयोग र व्यवस्थापनमा ध्यान दिनुपर्ने ।

४. विद्यार्थीकेन्द्रित सिकाइ: कक्षा शिक्षणमा विद्यार्थीहरूलाई सक्रिय सहभागी गराउने क्रियाकलापमा जोड दिनुपर्ने ।

५. दरबन्दी तथा स्रोत व्यवस्थापन: लामो समयदेखि रिक्त रहेका शिक्षक पदहरूमा अविलम्ब पदपूर्ति गर्नुपर्ने र जिन्सी तथा पुस्तकालय (सवारी/भौतिक सामग्री) को उचित अद्यावधिक र व्यवस्थापन गर्नुपर्ने।

अनुगमनकर्ताहरू (Monitoring Team)

✅

अनुगमन कार्यमा शिक्षा विकास तथा समन्वय एकाइ तथा स्थानीय तहका प्रतिनिधि एवं विशेषज्ञहरूको उपस्थिति रहेको थियोः

१. एकाइ प्रमुख: कृष्ण कुमार श्रेष्ठ

२. शाखा अधिकृतः विजय तामाङ

३. कक्षा अवलोकनकर्ता/विषय विज्ञ: सरोज खतिवडा

४. कक्षा अवलोकनकर्ता/विषय विज्ञः सुजन भण्डारी (गजुरी गा.पा.),

५. कक्षा अवलोकनकर्ता/विषय विज्ञः देवेन्द्र अर्याल

६. कक्षा अवलोकनकर्ता/विषय विज्ञः शिवप्रसाद अधिकारी

७. कक्षा अवलोकनकर्ता/विषय विज्ञः धर्मराज अर्याल

निष्कर्ष तथा सुझाव

✅

अनुगमन टोलीले औंल्याएका सकारात्मक अभ्यासहरूलाई निरन्तरता दिँदै कमजोर देखिएका पक्षहरू (विशेष गरी विद्यालय सुधार योजना निर्माण, दरबन्दी पदपूर्ति, र स्थानीय सामग्रीमा आधारित बालकेन्द्रित शिक्षण विधि) मा तुरुन्त सुधार गरी प्रतिवेदन स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउन सुझाव दिइएको छ ।