नागरिक वडापत्र (Citizen Charter)

क्र.सं.

मुख्य सेवाहरु

सेवा प्राप्त गर्न आवश्यक पर्ने कागजातहरु

सेवा लाग्ने समय

दस्तुर

जिम्मेवार शाखा / कोठा

१

स्थायी शिक्षकको निवृत्तिभरण

निवृत्तिभरण सुविधाका लागि आवश्यक पर्ने भनी राष्ट्रिय किताबखाना (शिक्षक) ले तोकेका कागजातहरु समावेश भएका दुईवटा फाइलमा निम्न कागजातहरु संलग्न गरी पेस गर्नुपर्नेः
१. नागरिकता तथा शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिहरु
२. अध्यापन अनुमति पत्र तथा तालिमको प्रमाणपत्रको प्रतिलिपि
३. स्थायी नियुक्ति पत्र, स्थायी नियुक्ति विद्यालयले दिएको भएमा तत्कालीन जिशिका/जिशिनिको सिफारिसपत्र, सरुवा, रमाना, हाजिर भएको जानकारी, बढुवा नियुक्तिको प्रमाणित प्रतिलिपिहरु
४. अवकाश पत्र, विद्यालयबाट सेवा प्रमाणित पत्र (स्थायी/अस्थायी/दुवै खुल्ने गरी)
५. विद्यालयले राष्ट्रिय किताबखाना (शिक्षक) लाई सम्बोधन गरी (असाधारण/अध्ययन/बेतलबी विदा लिए/नलिएको, औषधी उपचार खर्च भुक्तानी लिएको/नलिएको सिफारिसपत्र, सेवाअवधिभरको सञ्चित बिरामी विदाको प्रमाणित पत्र, बरबुझारथको पत्र, विद्यालय तथा स्थानीय तहबाट तलब स्केल र ग्रेड खुलेको प्रमाणित सक्कल पत्र)
६. सिटरोल फाराम सक्कलै (लिएर आउने), नभएकाले ४ प्रति नयाँ सिटरोल भरी विद्यालयबाट प्रमाणित गरी ल्याउने
७. प्र.अ.ले तयार गरी सम्बन्धित स्थानीय तहका शिक्षा अधिकृतबाट सिफारिस गरेको सञ्चित बिरामी विदाको फाराम (हालै राष्ट्रिय किताबखानाले विकास गरेका १ देखि ६ नम्बरसम्मका फारामहरु भरी तोकिएको व्यक्तिबाट प्रमाणित गराई दुवै फाइलमा समावेश गरी ल्याउनुपर्ने)
८. बिरामी विदा अभिलेख पुस्तिकाको २०७३ साल देखि हालसम्मको वर्षको पानाको प्रमाणित प्रतिलिपि
९. बुँदा नं. १, २, ३, ४, ७ र ८ कागजातहरुको सक्कलै प्रति पेश गर्नुपर्ने
१०. मृतक शिक्षकको हकमा मृत्युदर्ता सहितका आवश्यक अन्य कागजातहरु

पेस भएकै दिन (२ बजे पछि पेस भएमा भोलिपल्ट वा कागजात पुग/अपुग भएको आधारमा)

नलाग्ने

विद्यालय प्रशासन (वि.प्र.) (कोठा नं. ८)

२

शिक्षकको उपदान / बिरामी विदा / उपचार खर्चको लागि रकम भुक्तानी

१. रकम भुक्तानीका लागि राष्ट्रिय किताबखाना (शिक्षक) बाट प्राप्त पत्रहरु
२. पेन्सन खाता बाहेक अन्य बैंकको खाता नं. खुल्ने चेकको फोटोकपी
३. पान (PAN) कार्डको प्रतिलिपि वा पान नम्बर
४. पेन्सन पट्टाको फोटोकपी
५. शिक्षक वा हकवालाको हस्तलिखित निवेदन

६. मृतक शिक्षकको हकमा हकवालासँगको नाता प्रमाणित पत्र

राष्ट्रिय किताबखाना (शिक्षक) बाट रकमको अख्तियारी प्राप्त भएको १ हप्ताभित्र

नलाग्ने

लेखा फाँट

वि.प्र. (कोठा नं. ११)

३

स्थायी शिक्षकको राजीनामा स्वीकृति

१. सम्बन्धित शिक्षकको राजिनामाका लागि निवेदन
२. वि.व्य.स.को निर्णय, विद्यालय र स्थानीय तहको सिफारिस पत्रमा पि.आर. र डि.भि. नलिएको वा लिनका लागि निवेदन नदिएको हुनुपर्ने एवम् नैतिक पतन देखि फौजदारी अभिलेखमा कसुर नभएको व्यहोरा किटान भएको हुनुपर्ने । (सम्बन्धित पालिका वा एकाइमा सम्पर्क गरी निर्णय तथा बेहोराको ढाँचा प्राप्त गर्न सकिने)
३. स्थायी नियुक्ति तथा बढुवा नियुक्ति पत्रको प्रतिलिपि
४. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
५. सिटरोलको प्रमाणित प्रतिलिपि
६. सेवा प्रवेशको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको मूल प्रमाणपत्र (कक्षा १० को मूल प्रमाणपत्र)
७. सम्बन्धित शिक्षक सनाखत एवं कबुलियतनामाका लागि स्वयं एकाइमा उपस्थित हुनुपर्नेछ ।

पेस भएको १ हप्ताभित्र

नलाग्ने

वि.प्र. (कोठा नं. ८)

४

स्थायी शिक्षकको असाधारण / बेतलबी विदा स्वीकृति

१. असाधारण र बेतलबी विदाका लागि सम्बन्धित शिक्षकको निवेदन
२. वि.व्य.स.को निर्णय प्रतिलिपि, विद्यालय र स्थानीय तहको सिफारिस पत्रमा पि.आर. र डि.भि. नलिएको वा सो का लागि निवेदन नदिएको र नैतिक पतन देखि फौजदारी अभिलेखमा कसुर भए/नभएको व्यहोरा उल्लेख भएको हुनुपर्ने
३. सम्बन्धित स्थानीय तहको सिफारिस
४. यस अगाडि यस प्रकृतिका विदा लिएको भएमा सोको विवरण खुल्ने कागजात सहितको फाइल तयार गरी पेस गर्नुपर्ने
५. सनाखत एवं कबुलियतनामाका लागि शिक्षक स्वयं एकाइमा उपस्थित हुनुपर्ने

पेस भएको १ हप्ताभित्र

नलाग्ने

वि.प्र.

(कोठा नं. ८)

५

शिक्षकको सरुवा (जिल्लाभित्र र जिल्लान्तर)

१. शिक्षा नियमावलीको अनुसूची-१७ बमोजिमको निवेदन
२. सरुवा भई जाने/आउने दुवै विद्यालयको विद्यालय व्यवस्थापन समितिको सरुवा सहमतिको निर्णयको प्रमाणित प्रतिलिपि र विद्यालयको सरुवा सहमति पत्र
३. सरुवा भई जाने/आउने दुवै स्थानीय तहको सरुवा सहमति पत्र, (जिल्लान्तर सरुवाको हकमा कार्यरत जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइको सरुवा सहमतिपत्र)
४. शिक्षकको स्थायी नियुक्ति, पदस्थापन र हाल कार्यरत विद्यालयमा हालको पदमा शुरु हाजिर भएको जानकारी पत्र
५. हालको पदमा कार्यरत अवधिको सेवा अवधि खुल्ने कागजातहरु
६. दुवै विद्यालयका व्यवस्थापन समिति गठन भएका सबै प्रक्रिया समावेश भएको प्रमाणित प्रतिलिपि
७. अविच्छिन्न रुपमा कार्यरत रहे/नरहेको, असाधारण विदा, बेतलबी विदा लिए/नलिएको, सेवा अवधि टुटे/नटुटेको, गयल भए/नभएको व्यहोरा स्पष्ट किटान गरेको पत्र तथा कागजातहरु एवम् प्रचलित शिक्षा नियमावली अनुसारको प्रक्रिया ।

पेस भएको ७ दिनभित्र

नलाग्ने

वि.प्र. (कोठा नं. ८)

६

शिक्षकको स्थायी नियुक्ति

१. शिक्षक सेवा आयोगबाट शिक्षा विभाग एवं सामाजिक विकास निर्देशनालय मार्फत सिफारिस भई आएका उम्मेदवारहरुलाई स्थानीय तह छनौटका लागि ७ दिनको सूचना प्रकाशन हुने
२. सिफारिस पत्रमा तोकिएका आधार र प्रक्रिया बमोजिम स्थानीय तह अन्तर्गतका विद्यालयहरुमा पदस्थापना हुने गरी स्थायी नियुक्ति दिइने
३. स्थायी नियुक्ति भएका शिक्षकहरुले राष्ट्रिय किताबखानाले तोके अनुसार सिटरोल फाराम भर्नुपर्ने

सूचना प्रकाशन भएको मितिले आठौँ दिनभित्र

नलाग्ने

वि.प्र. (कोठा नं. ८)

७

उमेर, नाम, थर, हिज्जे परिवर्तनसँग सम्बन्धित कामकारबाही

पछिल्लो ५ वर्ष (२०७८, २०७९, २०८०, २०८१ र २०८२ साल) को SEE परीक्षामा सहभागी विद्यार्थीहरुको नामथर, हिज्जे र जन्ममिति सच्याउन आवश्यक कागजातहरु:
१) सक्कल प्रवेश पत्र वा रजिष्ट्रेशन स्लिप वा विद्यालयको परीक्षा आवेदनको समष्टिगत विवरणको प्र.अ.बाट प्रमाणित प्रति
२) परीक्षा दिएको साल, सिम्बोल नं. खुलेको विद्यालयको एकिन सक्कल सिफारिस (एकाइ र राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीलाई अलगअलग २ वटा पत्र)
३) सच्याउन चाहेको बेहोरा खुलाई वडा कार्यालयको सिफारिस (एकाइ, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डलाई अलगअलग ३ वटा पत्र)
४) SLC/SEE ग्रेडसिट र प्रमाणपत्रको प्रतिलिपि (३/३ थान)
५) नागरिकता वा जन्मदर्ता वा नाबालक प्रमाणपत्र प्रतिलिपि (३/३ थान)
६) शिक्षा विकास तथा समन्वय एकाइबाट सिफारिस पत्र
७) सबै कागजातहरु सक्कल पनि पेस गर्नुपर्ने
पुनश्चः
• २०७८ साल भन्दा अघिका विद्यार्थीको हकमा सक्कल प्रवेशपत्र बमोजिम बाहेक थर परिवर्तन र जन्ममिति सच्याउने काम हाललाई सिफारिस नगरिने ।
• जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको आधारमा मात्र निर्णय पर्चा जारी हुने हुँदा विद्यार्थीको नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य हुनुपर्नेछ ।

कागजातहरु पुरा गरी ल्याएमा सोही दिन

नलाग्ने

परीक्षा शाखा (कोठा नं. ५)

८

कक्षा ८ को मार्कसिटको प्रतिलिपि

१) हराएको मार्कसिटको लागि विद्यालयको सिफारिस

पेस भएको १ दिनभित्र

नियमानुसार

परीक्षा शाखा (कोठा नं. ५)

९

मार्कसिट सत्यापन (Verify)

१) विद्यालय तहका कक्षा ८, १० र १२ का मार्कसिट वा ग्रेडशिट बाहेकका मार्कसिट भेरिफाइ गर्नका लागि सक्कलै मार्कसिट र विद्यालयबाट प्रमाणित मार्क लेजर

पेस भएको दिनमा

नियमानुसार

परीक्षा शाखा (कोठा नं. ५)

१०

नियुक्ति अभिलेखीकरण

नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु, स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि, वि.व्य.स. र परीक्षा समितिका निर्णयका प्रतिलिपिहरु, छनोट प्रक्रियाका प्रमाणहरुको प्रतिलिपि, नियुक्ति पत्र, हाजिर भएको जानकारी पत्र र विद्यालय एवम् स्थानीय तहको सिफारिस पत्र

कामको प्रकृति हेरी वा कागजात पुग/अपुग भएको आधारमा

नियमानुसार

वि.प्र. (कोठा नं. ८)

११

रजिष्ट्रेशन तथा कक्षा १० को आवेदन फाराम

जन्मदर्ता, कक्षा ८ को मार्कसिट/ग्रेडशिट, विद्यालयको पत्र तथा समष्टिगत विवरण

राष्ट्रिय परीक्षा बोर्डले तोकेको समयसीमामा

नियमानुसार

परीक्षा शाखा (कोठा नं. ५)

१२

विभिन्न तालिम, अभिमुखीकरण, कार्यशाला आदिको सञ्चालन, समन्वय, अनुगमन तथा प्रतिवेदन

वार्षिक स्वीकृत कार्यक्रम अनुसार तथा कार्यालयले तय गरे अनुसार

निरन्तर

नियमानुसार

एकाइ प्रमुख / योजना तथा कार्यक्रम / वि.प्र.

१३

अन्य सिफारिस तथा प्रमाणित र अभिलेख गर्ने सम्बन्धी कार्यहरु

कामको प्रकृति अनुसार तोकिएका कागजातहरु र प्रक्रिया

कामको प्रकृति अनुसार सोही दिन वा पेस भएको १ हप्ताभित्र

नियमानुसार

वि.प्र. र परीक्षा शाखा