बेनीघाट रोराङमा समूह सुपरिवेक्षण तथा मेन्टरिङ कार्य सम्पन्न
बेनीघाट रोराङमा समूह सुपरिवेक्षण तथा मेन्टरिङ कार्य सम्पन्न
📌असार ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहको संयुक्त टोलीद्वारा बेनीघाट रोराङका तीन विद्यालयहरूमा प्रभावकारी उपचारात्मक सुपरिवेक्षण तथा मेन्टरिङ कार्य सम्पन्न भएको छ ।
इकाइको आयोजना तथा शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा मिति २०८३/३/२ गते बेनीघाट रोराङ गाउँपालिका अन्तर्गतका विद्यालयहरू चन्द्रोदय मा.वि., वुद्धिविकास आ.वि. र कालिका मा.वि.मा विद्यालय सुपरवेक्षण तथा टिम मेन्टरिङ सहित कक्षा अवलोकन गरिएको हो ।
अनुगमन गरिएका सबै विद्यालयहरूमा नियमित सञ्चालन, परीक्षा नतिजा र व्यवस्थापकीय पक्षमा राम्रो सुधार देखिए पनि आगामी दिनका लागि योजनाबद्ध शिक्षणको खाँचो औंल्याइएको छ ।
स्थानीय शैक्षिक सामग्रीको उपयोग, विद्यालय सुधार योजना (SIP) को अद्यावधिक, र विद्यार्थी भर्ना तथा टिकाउ अभियानमा सरोकारवालाहरूले थप समन्वय र सक्रियता देखाउनु पर्ने निष्कर्ष रहेको छ ।
अनुगमनको क्रममा आगामी दिनमा विद्यालयले निरन्तरता दिनुपर्ने सकारात्मक पक्षहरू तथा विद्यालय सरोकारवालाको समन्वय र स्थानीय तहको सहयोगमा सुधार गर्नु पर्ने पक्षहरू विद्यालयगत निम्नानुसार रहेको पाइयो ।
१. चन्द्रोदय मा.वि., बेनीघाट रोराङ-५, धादिङ



सकारात्मक पक्षहरू: 
१. विद्यालय नियमित संचालन तथा व्यवस्थापन,
२. शिक्षक तथा विद्यार्थीको उपस्थिति,
३. विद्यालय व्यवस्थापन समितिको नियमित बैठक र निर्णय कार्यान्वयन,
४. परीक्षाको नतिजामा सुधार,
५. MGML कक्षा संचालनको तयारी,
६. जिन्सी खाता अद्यावधिक,
७. शिक्षक विदा प्रमाणित,
८. विद्यालय खाजा व्यवस्थापन ।
सुधार गर्नु पर्ने पक्षहरू: 
१. गत शैक्षिक सत्रको परीक्षाको नतिजा विश्लेषण गर्न लगाई नतिजा सुधारको प्रतिवद्धता सहितको शिक्षण सुधार योजना निर्माण करना लगाई सबैको योग्यता विद्यालय सरोकारवाला तथा पदाधिकारी संगको समन्वय, सहकार्य र सहयोगमा विद्यालय सुधार योजना (SIP) आवधिक निर्माण तथा कार्यान्वयन गर्न गराउनु पर्ने ।
२. वुद्धि विकास आ.वि., बेनीघाट रोराङ-७, चरौंदी, धादिङ



सकारात्मक पक्षहरू: 
१. नियमित विद्यालय संचालन तथा व्यवस्थापन,
२. शिक्षक, विद्यार्थीको उपस्थिति,
३. जिन्सी व्यवस्थापनको सुरूवात,
४. परीक्षा नतिजा सुधार,
५. सामूहिक कार्य व्यवस्थापन,
६. शिक्षकको विदा प्रमाणित,
७. शिक्षक डायरी प्रयोग,
८. हेरचाह परिक्षण / सामाजिक परीक्षण सम्पन्न ।
सुधार गर्नु पर्ने पक्षहरू: 
१. परीक्षा नतिजा विश्लेषण गरी सबै शिक्षकसँग सिकाई उपलब्धि वृद्धि गराउने प्रतिवद्धता सहितको शिक्षण सुधार योजना निर्माण गर्न लगाई कार्यान्वयन गर्न गराउनु हुन,
२. विद्यालय सरोकारवाला सबैको सक्रिय सहभागितामा विद्यालय सुधार योजना निर्माण गरी कार्यान्वयन विद्यालयमा विद्यार्थी संख्या कमी देखिएको हुँदा विद्यालय सेवा क्षेत्र भित्र विद्यालय उमेर समूहको बालबालिका भए नभएको यकिन गरी विद्यार्थी भर्ना, टिकाउ र सिकाउ अभियान चलाउनु हुन,
३. शिक्षण क्रियाकलापमा विद्यार्थी क्रियाकलाप (सहभागिता) बढाउनु हुन तथा पैसा नपर्ने र कम पर्ने स्थानीय शैक्षिक सामग्री निर्माण र प्रयोगमा बढी ध्यान/जोड दिनु हुन,
४. शिक्षक डायरी तथा विद्यार्थी लगबुकको व्यवस्थापन तथा कार्यान्वयनमा शिक्षक स्टाफमा छलफल गरी विद्यालय सरोकारवाला संगको समन्वयमा प्रयोगको वातावरण बनाउनु हुन,
५. जिन्सी सामाग्री व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनु हुन ।
३. कालिका मा.वि., बेनीघाट रोराङ-८, धादिङ



सकारात्मक पक्षहरू: 
१. नियमित विद्यालय संचालन तथा व्यवस्थापन,
२. शिक्षक / कर्मचारी / विद्यार्थीको उपस्थिति,
३. आर्थिक / सामाजिक हेरचाह परीक्षण,
४. जिन्सी व्यवस्थापनको सुरूवात,
५. आर्थिक व्यवस्थापन फाँट निर्माण,
६. परीक्षा नतिजा सुधार,
७. छात्रवास व्यवस्थापन,
८. CC क्यामराको व्यवस्थापन ।
सुधार गर्नु पर्ने पक्षहरू: 
१. परीक्षा नतिजा बढाउने प्रतिवद्धता सहितको शिक्षण सुधार योजना निर्माण गर्न लगाई सोही योजनाको आधारमा विद्यालय सरोकारवाला संगको पूर्ण सहभागितामा विद्यालय सुधार योजना अविलम्ब निर्माण/अद्यावधिक गरी कार्यान्वयन गर्न/गराउनु पर्ने,
२. पैसा नपर्ने तथा कम पर्ने स्थानीय शैक्षिक सामग्री निर्माण र प्रयोगमा प्राथमिकता दिनु पर्ने,
३. विद्यालयको आन्तरिक आयस्रोतलाई अझ व्यवस्थित गर्नु पर्ने,
४. विद्यालयको छात्रवासलाई व्यवस्थित, प्रभावकारी, सुरक्षित र सुविधायुक्त बनाउनु पर्ने,
५. विद्यालयको कर्मचारीहरूलाई तालिमको व्यवस्थापन गरी जिम्मेवार बनाउनु पर्ने,
६. शिक्षक डायरी र विद्यार्थी लगबुकहरूलाई व्यवस्थित गरी कार्यान्वयन गर्नु पर्ने ।
अनुगमनकर्ताहरू: 
१. कृष्ण कुमार श्रेष्ठ - इकाइ प्रमुख, EDCU धादिङ
२. चण्डिका मल्ल ठकुरी - शाखा अधिकृत, EDCU धादिङ
३. रामेश्वर पोखरेल - स्रोतव्यक्ति, बेनीघाट रोराङ गा.पा.
४. कृष्ण बहादुर श्रेष्ठ - विषय विज्ञ, वागेश्वरी मा.वि.
५. तिलकराज तामाङ - विषय विज्ञ, वागेश्वरी मा.वि.
६. गोविन्द लोहनी - विषय विज्ञ, पिपलटार मा.वि.
७. सुमन श्रेष्ठ - विषय विज्ञ, हर्कपुर मा.वि.
८. राजेन्द्र पाण्डे - विषय विज्ञ, चन्द्रोदय मा.वि.
९. सुरेन्द्र बि.क. - विषय विज्ञ, मण्डलीदेवी मा.वि.
१०. सत्य धर कँडेल - विषय विज्ञ, चन्द्रोदय मा.वि. बेनीघाट
११. राजेन्द्र पाण्डे - विषय विज्ञ, चन्द्रोदय मा.वि., विशालटार