वि.सं:
नेपाल संवत: ११४६ कौलाथ्व द्वितीया - २
शिक्षा विकास तथा समन्वय एकाइ, धादिङका एकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठ धादिङ जिल्लामा जन्मनुभई हुर्कनुभएको एक निष्ठावान् अनुभवी र कुशल प्रशासक हुनुहुन्छ । वि.सं. २०२८ वैशाख ६ गते (१९ अप्रिल १९७१) मा जन्मिनुभएका उहाँसँग लामो समयको व्यावहारिक अनुभव, उच्च कार्यक्षमता र सबल संगठनात्मक क्षमता रहेको छ । उहाँको यही अनुभव र कार्यकुशलताका कारण उहाँले धादिङ जिल्लाको शिक्षा क्षेत्रको नेतृत्व अत्यन्तै कुशलतापूर्वक एवं समन्वयात्मक ढंगले सम्हाल्दै आउनुभएको छ। उहाँको मार्गदर्शनले सम्पूर्ण टोलीलाई सधैँ ऊर्जाशील र कर्तव्यनिष्ठ भई अगाडि बढ्न प्रेरित गरिरहन्छ ।
कार्यस्थलमा एकाइ प्रमुखको उपस्थिति सधैँ उर्जावान्, पारदर्शी र प्रेरणादायी रहन्छ। उहाँ कार्यालयका हरेक जिम्मेवारीलाई समयमै र सफलतापूर्वक सम्पन्न गर्न तल्लीन रहनुहुन्छ । समस्या परेका बेला सही निर्णय लिन सक्ने उहाँको विलक्षण क्षमता र टोलीका प्रत्येक सदस्यलाई मिलाएर लैजाने व्यावहारिक कार्यशैलीले गर्दा एकाइभित्र सौहार्दपूर्ण र व्यावसायिक वातावरण कायम भएको छ । धादिङ जिल्लाको शिक्षा क्षेत्रमा कार्यरत कर्मचारी एवं शिक्षकहरूका लागि उहाँ एक अभिभावक र कुशल मार्गदर्शकका रूपमा स्थापित हुनुहुन्छ ।