नीलकण्ठका निजी विद्यालयमा अनुगमन: सुधार गर्नुपर्ने पक्षहरु किटान

Government of Nepal

२०८३ असोज १३ गते

शिक्षा विकास तथा समन्वय एकाइ, धादिङको आयोजना र नीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा पदाधिकारी तथा विज्ञ टोलीको उपस्थितिमा मिति २०८३/०६/१३ गते विभिन्न विद्यालयहरूको अनुगमन, सुपरिवेक्षण तथा कक्षा अवलोकन गरिएको थियो । शिक्षकहरूसँग पेसागत सहयोग, विद्यालय सञ्चालन, व्यवस्थापन र दैनिक कार्यसम्पादनमा देखिएका राम्रा (सबल) पक्षहरूलाई निरन्तरता दिँदै सुधार गर्नुपर्ने (सुधारात्मक) पक्षहरूमा छलफल गरी स्पष्ट कार्ययोजनासहित अविलम्ब कार्यान्वयन र सुधार यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

👉🏻अनुगमन गरिएका विद्यालयहरूको नाम र ठेगाना:

1. धादिङ आवासीय माध्यमिक विद्यालय, नीलकण्ठ-३¸ धादिङ

2. आधारशिला पाठशाला¸ नीलकण्ठ-४, धादिङ

3. न्यू धादिङ बोर्डिङ स्कुल, नीलकण्ठ-३, धादिङ

4. सार्थक शिक्षालय/सक्सेस अपोस्टल स्कुल, नीलकण्ठ-४, धादिङ

5. किन्डरवर्ल्ड बोर्डिङ स्कुल¸ नीलकण्ठ-३¸ धादिङ

6. चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय, नीलकण्ठ-४, धादिङ

7. सुनगाभा एकेडेमी, नीलकण्ठ-३¸ धादिङ

8. रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कुल¸ नीलकण्ठ-३¸ धादिङ

9. समता स्कुल¸ नीलकण्ठ-३¸ धादिङ

10. एड्भान्स एकेडेमी¸ नीलकण्ठ-३¸ धादिङ

11. न्यू किबो बोर्डिङ स्कूल¸ नीलकण्ठ-३¸ धादिङ

👉🏻सकारात्मक/असल तथा अनुकरणीय पक्षहरू (Positive Points):

🌺

१. नियमित विद्यालय सञ्चालन तथा उपस्थिति:

विद्यालय नियमित र कुशल रूपमा सञ्चालन हुनुका साथै शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति राम्रो र नियमित रहेको

२. प्रभावकारी शिक्षण-सिकाइ तथा शिक्षक तयारी:

पाठ योजना (Lesson Plan) र शिक्षक डायरीको प्रयोग गरी शिक्षण गर्ने गरिएको । प्रविधिको सामान्य प्रयोग, सक्रिय सिकाइ र बाल सहभागितामा आधारित परियोजना कार्य गराइएको ।

३. पूर्वाधार तथा कक्षाकोठा व्यवस्थापन:

पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर तथा ICT ल्याबको उचित व्यवस्थापन¸ साना कक्षाकोठाहरूको उचित व्यवस्थापन, सजावट र आकर्षणयुक्त सिकाइ वातावरण तयार पारिएको ।

४. स्वास्थ्य, पोषण तथा खानेपानी:

स्वस्थकर खाजाको प्रयोग, जंक फुड (पत्रुखाना) निषेध र खाजा तालिका निर्माण गरिएको¸ विद्यार्थीहरूका लागि पोषणयुक्त खाजा र शुद्ध पिउने पानीको व्यवस्था

५. अभिभावक समन्वय तथा सहकार्य:

अभिभावकहरूसँग नियमित सम्पर्क, समन्वय, छलफल र प्रश्नावलीमार्फत नियमित Follow-up गरिएको । केही विद्यालयमा अभिभावक प्रतीक्षालयको उचित व्यवस्थापन गरिएको ।

६. अन्य संगठनात्मक अभ्यास:

बालमैत्री वातावरण, सरसफाइ, पोशाक (ड्रेस) व्यवस्थापन र केही विद्यालयमा कक्षा बाहिर विद्यार्थी उपस्थिति बोर्ड (Attendance Board) को प्रयोग ।

👉🏻सुधार गर्नुपर्ने/कमजोर पक्षहरू (Negative Points / Points for Improvement)

🌺

•१. कक्षाकोठा तथा भौतिक पूर्वाधार व्यवस्थापन:

साउन्ड प्रुफिङ (ध्वनि नियन्त्रण) मार्फत कक्षाकोठाको वातावरण सुधार गर्ने, बालमैत्री व्यवस्थापनमा ध्यान दिने र साँघुरो स्थान रहेका विद्यालयमा पूर्वाधार विस्तार गर्ने ।

२. प्रविधि, ICT र प्रयोगशालाको आधुनिकीकरण:

पुस्तकालय, कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको स्तरोन्नति गर्दै शिक्षण सिकाइमा ICT को प्रयोग बढाउने ।

३. नतिजा विश्लेषण र दीर्घकालीन योजना:

गत वर्षको परीक्षा नतिजा विश्लेषण गरी सिकाइ सुधार योजना बनाउने, EMIS तथ्यांक अद्यावधिक गर्ने र विद्यालयको दीर्घकालीन (दूरदृष्टि) योजना निर्माण गर्ने ।

४. विद्यार्थीकेन्द्रित शिक्षण विधि:

एकीकृत पाठ्यक्रम र शिक्षक निर्देशिकाको पूर्ण पालना गर्दै क्रियाकलापमा आधारित, अन्तरक्रियात्मक शिक्षण र स्थानीय शैक्षिक सामग्रीको प्रयोगमा जोड दिने ।

६. परीक्षा तथा मूल्यांकन प्रणाली:

निर्दिष्ट ग्रिड (Grid) अनुसार प्रश्नपत्र निर्माण गर्ने र नियमित रूपमा कापी परीक्षण गर्ने ।

७. प्रशासनिक तथा आर्थिक सुशासन:

स्थानीय पालिका/नगरपालिकाबाट नियम अनुसार शुल्क स्वीकृत गराउने तथा भौचर, रसिद, खाता र तथ्यांकहरू अद्यावधिक एवं पारदर्शी रूपमा राख्ने ।

👉🏻अनुगमनकर्ताहरु:

१. कृष्ण कुमार श्रेष्ठ¸ एकाइ प्रमुख¸शिक्षा विकास तथा समन्वय एकाइ¸ धादिङ

२. विजय तामाङ¸ शाखा अधिकृत¸ शिक्षा विकास तथा समन्वय एकाइ¸ धादिङ

३. अञ्जला अर्याल¸ शाखा अधिकृत¸ शिक्षा विकास तथा समन्वय एकाइ¸ धादिङ

४. नवराज पाठक¸ धादिङ जिल्ला संयोजक¸ आधारभूत शिक्षा सुधार परियोजना¸ जाइका

५. मेघनाथ कोइराला¸ स्रोत शिक्षक¸ नीलकण्ठ नगरपालिका¸ शिक्षा¸ युवा तथा खेलकुद शाखा

५. नित्यानन्द सुवेदी¸ प्र.अ. तथा विषय विज्ञ¸ शंखादेवी माध्यमिक विद्यालय¸ नीलकण्ठ-११¸ ज्यामरुङ

६. भीम बहादुर श्रेष्ठ¸ सचिव¸ प्याब्सन धादिङ/ प्र.अ.¸ एड्भान्स एकेडेमी

७. प्रयास रेग्मी¸ अध्यक्ष¸ एन-प्याब्सन/प्र.अ.¸न्यू किबो बोर्डिङ स्कुल

सारांशः

👉🏻यस अनुगमन¸ सुपरीवेक्षण तथा कक्षा अवलोकनले नीलकण्ठ नगरपालिकाभित्रका विद्यालयहरूको शिक्षण-सिकाइ, भौतिक पूर्वाधार र प्रशासनिक व्यवस्थापनको यथार्थ चित्रण प्रस्तुत गरेको छ । नियमित पठनपाठन, बालमैत्री सजावट, पोषण तथा खाजा व्यवस्थापन जस्ता सबल पक्षहरूलाई निरन्तरता दिँदै औंल्याइएका सुधारात्मक पक्षहरू जस्तै विशिष्टीकरण तालिका (Grid) अनुसारको मूल्याङ्कन, ICT तथा प्रयोगशालाको आधुनिकीकरण, नतिजा विश्लेषणमा आधारित सिकाइ सुधार योजना र आर्थिक-प्रशासनिक पारदर्शितामा अविलम्ब सुधार गर्नु आवश्यक छ । प्रतिवेदनका सुझावहरूलाई स्पष्ट कार्ययोजनासहित सबै सरोकारवालाको समन्वयमा शीघ्र कार्यान्वयन गर्न सकेमा विद्यालयको समग्र शैक्षिक गुणस्तर र सुशासनमा उल्लेखनीय अभिवृद्धि हुनेछ ।