अमर्खु मा.वि., थाक्रे-३ मा सुपरिवेक्षण एवम् कक्षा अवलोकन सम्पन्न

अमर्खु मा.वि., थाक्रे-३ मा सुपरिवेक्षण एवम् कक्षा अवलोकन सम्पन्न

None

असार ८, २०८३

शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजना र थाक्रे गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा अमर्खु माध्यमिक विद्यालय, थाक्रे-३, धादिङमा स्थानीय तहभित्रकै विषय विज्ञहरूको समूहद्वारा कक्षा अवलोकन एवम् विद्यालय सुपरिवेक्षण सम्पन्न भएको छ ।

कक्षा अवलोकन पश्चात् विषय शिक्षकहरूलाई विषय विज्ञद्वारा व्यक्तिगत रूपमा पृष्ठपोषण दिइएको थियो । त्यसैगरी विद्यालयको समग्र भौतिक, प्रशासनिक एवम् शैक्षिक वातावरणको अनुगमन तथा सुपरिवेक्षण गरिएको थियो ।

इकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठको नेतृत्वमा गरिएको सुपरिवेक्षणमा, शाखा अधिकृत विजय तामाङ, विषय विज्ञ (गणित/विज्ञान) — देवेन्द्र अर्याल, विषय विज्ञ (सामाजिक) — विष्णु प्रसाद गौतम, विषय विज्ञ (नेपाली) — राजन अर्याल, विषय विज्ञ (नेपाली) — लावण प्रसाद फुयल, विषय विज्ञ (सामाजिक) — रामचन्द्र रूपाखेती, स्रोत शिक्षक, थाक्रे गा.पा., शि.यु.त.खे.शाखा — लुका आले, विषय विज्ञ (गणित) — राजप्रसाद रेग्मी र विषय विज्ञ (अंग्रेजी) — धर्मराज अर्यालसहितको टोली रहेको थियो ।

सकारात्मक पक्षहरू:

१. शिक्षक, कर्मचारी एवम् विद्यार्थीको उपस्थिति,

२. समय व्यवस्थापन,

३. विद्यालय पोशाक,

४. खानेपानीको उचित व्यवस्थापन,

५. इसिडी, कक्षा ११-१२ छुट्टै सञ्चालन,

६. कक्षा तथा प्रशासनिक कक्ष सजावट,

७. टिमवर्क र जिम्मेवारीपन राम्रो रहेको,

सुधार गर्नुपर्ने पक्षहरू:

१. प्रशासनिक भवन मर्मत तथा सम्भार गर्नुपर्ने,

२. विद्यार्थी शौचालय सफा राख्नुपर्ने,

३. विद्यालय सुधार योजना अविलम्ब निर्माण गर्नुपर्ने,

४. शैक्षिक सामग्री निर्माणमा खर्च नपर्ने वा कम खर्च पर्ने सामग्री प्रयोगमा जोड दिनुपर्ने,

५. शिक्षण सुधार योजना TIP निर्माण गरी कार्यान्वयन गर्नुपर्ने,

५. कक्षा १० र १२ को नतिजा विश्लेषण गरी सुधारको योजना तयारी गर्नुपर्ने,

६. जिन्सी अभिलेख अद्यावधिक राख्नुपर्ने,

७. विद्यार्थी संख्या घट्नुको कारण पहिल्याई सेवाक्षेत्रको विद्यार्थी ट्रयाकिङ गर्नुपर्ने ।

अनुगमन कर्ताहरू:

१) इकाइ प्रमुख, शि.वि.त.स.इ., धादिङ — कृष्ण कुमार श्रेष्ठ

२) सभापति, ने.रे.सो. जिल्ला शाखा धादिङ — दुर्लभ कुमार तामाङ

३) शाखा अधिकृत, शि.वि.त.स.इ., धादिङ — विजय तामाङ

४) स. शिक्षा अधिकृत, थाक्रे गा.पा. — मुकुन्द अर्याल

५) विषय विज्ञ (गणित/विज्ञान) — देवेन्द्र अर्याल

६) विषय विज्ञ (सामाजिक) — विष्णु प्रसाद गौतम

७) विषय विज्ञ (नेपाली) — राजन अर्याल

८) विषय विज्ञ (नेपाली) — लावण प्रसाद फुयल

९) विषय विज्ञ (सामाजिक) — रामचन्द्र रूपाखेती

१०) स्रोत शिक्षक, थाक्रे गा.पा., शि.यु.त.खे.शाखा — लुका आले

११) विषय विज्ञ (गणित) — राजप्रसाद रेग्मी

१२) विषय विज्ञ (अंग्रेजी) — धर्मराज अर्याल

१३) प्रशिक्षक (प्राथमिक उपचार) — प्रकाश आचार्य

 

गजुरीका तीन माध्यमिक विद्यालयहरूमा बृहत् शैक्षिक अनुगमन; सकारात्मक अभ्याससँगै सुधारका क्षेत्रहरू पहिचान