लामागुरु मा.वि.मा विद्यालय सुपरिवेक्षण तथा टिम मेन्टरिङ सहित कक्षा अवलोकन सम्पन्न
लामागुरु मा.वि.मा विद्यालय सुपरिवेक्षण तथा टिम मेन्टरिङ सहित कक्षा अवलोकन सम्पन्न
असार १, २०८३
आज मिति २०८३-०३-०१ गते लामागुरु मा.वि., नीलकण्ठ-२ मा शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा विद्यालय सुपरवेक्षण तथा टिम मेन्टरिङ सहित कक्षा अवलोकन गरियो । यस कार्यबाट तपसिल बमोजिमका सकारात्मक र सुधार गर्नुपर्ने विषयहरू प्रधानाध्यापकको मन्जुरीमा सरोकारवालाहरूका लागि प्रस्तुत गरियो ।
सकारात्मक पक्षहरू:


विद्यालयमा शिक्षक तथा विद्यार्थी उपस्थिति उल्लेख्य,
शिक्षकको पोशाक उत्कृष्ट,
ECD र अन्य कक्षाको व्यवस्थापन राम्रो रहेको,
विद्यालयमा शिक्षकको कार्य विभाजन आचारसंहिता,
थप शैक्षिक सुधारका लागि गर्नुपर्ने कार्यहरू तोकिएको
विद्यार्थी विवरण, दैनिक कार्यतालिका टाँसिएको
शिक्षक कर्मचारी विवरण व्यवस्थित,
SIP, लेखा परीक्षण, सामाजिक परीक्षण तथा अन्य विवरणहरू,
विद्यालय बडापत्र रहेको,
E-Attendance व्यवस्थापन गरेको,
वि.व्य.स. को कार्य सम्पादन उत्कृष्ट,
विद्यालयले वार्षिक क्यालेन्डर निर्माण गरेको पाइयो ।
सुधार गर्नुपर्ने:


शिक्षक डायरी व्यवस्थापन गर्नुपर्ने,
नतिजा सुधारका प्रयास वृद्धि गर्नुपर्ने,
SIP लाई विश्लेषणात्मक तरिकाले निर्माण गर्नुपर्ने,
जिन्सी दाखिला रिपोर्ट बनाउनुपर्ने,
Annual, Monthly, Teaching plan बनाउनुपर्ने,
Teaching Improvement plan बनाउनुपर्ने,
Digital Material Use गर्ने,
Chalk and Talk Method लाई न्यूनीकरण गर्ने,
Student Centered Methodप्रयोगमा जोड दिनुपर्ने,
ICT class सञ्चालनमा जोड दिनुपर्ने ।
अनुगमन कर्ताहरूः
१. कृष्ण कुमार श्रेष्ठ - इकाइ प्रमुख - शिक्षा विकास तथा समन्वय इकाई, धादिङ ।
२. प्रकाश दत्त भट्ट - प्रमुख - नीलकण्ठ नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखा, धादिङ
३. विजय तामाङ - शाखा अधिकृत, शिक्षा विकास तथा समन्वय इकाइ, धादिङ
४. राजन श्रेष्ठ - विज्ञान शिक्षक - विज्ञ - नीलकण्ठ बालमन्दिर मा.वि. धादिङ
५. विष्णुप्रसाद गौतम - सामाजिक विषय विज्ञ
६. रिता श्रेष्ठ - नेपाली - विज्ञ
७. सीता राउत - गणित विज्ञ - जलदेवी आ.वि
८. विशाल गुरुङ - गणित विषय विज्ञ
अमर्खु मा.वि., थाक्रे-३ मा सुपरिवेक्षण एवम् कक्षा अवलोकन सम्पन्न