सल्यानटार मा.वि., त्रिपुरासुन्दरीमा उपचारात्मक सुपरिवेक्षण 📌२०८२ फाल्गुन १

सल्यानटार मा.वि., त्रिपुरासुन्दरीमा उपचारात्मक सुपरिवेक्षण 📌२०८२ फाल्गुन १

None

शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजनामा त्रिपुरासुन्दरी गाउँपालिका-२, सल्यानटार स्थित सल्यानटार मा.वि.मा विज्ञ शिक्षकहरूको समूहद्वारा उपचारात्मक शिक्षण पद्दति सुपरिवेक्षण सम्पन्न भएको छ ।

इकाइ प्रमुख भूमिलाल शर्मा सुवेदीज्यूको नेतृत्वमा सञ्चालित उक्त कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चम्पा भट्ट र विषय विषय विज्ञसहितको टोली खट्नुभएको थियो ।

यसअन्तर्गत गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयका कक्षाहरु सम्बन्धित विषय विज्ञहरुबाट कक्षा अवलोकन र सहपाठी शिक्षण गरिएको थियो । त्यसपछि पृष्ठपोषण तथा अन्तरक्रिया सेसनमा सम्बन्धित विषय शिक्षकहरूले आफ्नो अनुभव प्रस्तुत गर्नुका साथै विषय विज्ञहरूले कक्षा शिक्षणमा पहिल्याउनुभएको सबल पक्ष र सुधार गर्नुपर्ने पक्षबारे प्रस्तुत गर्नुभएको थियो । साथै आफूले शिक्षण सिकाइमा अवलम्बन गर्ने असल अभ्यासहरू उदाहरणसहित आवश्यक पृष्ठपोषण दिनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक ठानप्रसाद बसौलाज्यूले समीक्षात्मक टिप्पणी स्वरूप इकाइले थालनी गरेको उपचारात्मक सुपरिवेक्षणबाट प्राप्त पृष्ठपोषण लागू गर्ने र शिक्षकको पेसागत विकासका लागि सुपरिवेक्षणको नवीनतम अभ्यास विद्यालयभित्र पनि नियमित सञ्चालन गर्ने कुरा विद्यालय परिवारको तर्फबाट प्रतिबद्धता जाहेर गर्नुभयो । अन्त्यमा, इकाइ प्रमुख सुवेदीले पनि विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक सुपरिवेक्षणलाई एक अभियानको रूपमा थालनी गरिएको कुरा जानकारी दिनुभयो ।