ज्वालामूखी गाउँपालिकामा पनि उपचारात्मक सुपरिवेक्षण

ज्वालामूखी गाउँपालिकामा पनि उपचारात्मक सुपरिवेक्षण

None

२०८२ असोज ३०

शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजनामा ज्वालामूखी गाउँपालिकाका दुईवटा माध्यमिक विद्यालयमा विज्ञ शिक्षकहरूको समूहद्वारा उपचारात्मक शिक्षण पद्दति सुपरिवेक्षण सम्पन्न भएको छ ।

ज्वालामूखी गाउँपालिका अन्तर्गतका श्री कालिका मा.वि. र बराह कालिका मा.वि.मा गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयका कक्षाहरु सम्बन्धित विषय विज्ञहरुबाट अवलोकन र सहपाठी शिक्षण गरी विषयवस्तुको ज्ञान, शिक्षण पद्दति र सिकाइ सुधारका बारेमा अन्तरक्रिया गरिएको थियो I

इकाइ प्रमुख उपसचिव श्री भूमिलाल शर्मा सुवेदीको नेतृत्वमा सञ्चालित उक्त कार्यक्रममा इकाइका शाखा अधिकृत श्री विजय तामाङ, IBSE Project का जिल्ला संयोजक श्री नवराज पाठक, निलकण्ठ बालमन्दिर मा.वि., धादिङबेसीका माध्यमिक अंग्रेजी शिक्षक श्री दिपक सिटौला र माध्यमिक गणित शिक्षक श्री चेत नारायण श्रेष्ठ लगायतको विज्ञ टोली खट्नुभएको थियो । त्यसैगरी गाउँपालिकाका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख अधिकृत छैटौँ श्री एक्क बहादुरर ओली र स्रोत शिक्षक श्री सुमन खरेलले आवश्यक समन्वय गर्नुभएको थियो I

सुपरिवेक्षणको क्रममा कालिका मा.वि.का प्र.अ. श्री कृष्णराज दुवाडी र बराह कालिका मा.वि.का प्र.अ. श्री शिव प्रसाद अर्यालले आवश्यक व्यवस्थापन एवम् समन्वय गर्नु भएको थियो । कक्षा सुपरिवेक्षण पछि पृष्ठपोषण तथा अन्तरक्रिया कार्यक्रममा विद्यालयका शिक्षकहरूले आफ्नो अनुभव प्रस्तुत गर्नुका साथै विषय विज्ञहरूले आफूले शिक्षण सिकाइमा अवलम्बन गर्ने असल अभ्यासहरू उदाहरणसहित आवश्यक पृष्ठपोषण दिनुभएको थियो ।

अन्त्यमा शिक्षण पद्दतिलाई योजनाबद्ध, उद्देश्य केन्द्रित, प्रविधिमैत्री, प्रयोगात्मक, क्रियाकलापमा आधारित, अन्तरक्रियात्मक, नतिजामूलक एवम् उपचारात्मक बनाउँदै गाउँपालिकाको नतिजामा थप सुधार ल्याउनका लागि विद्यालयका प्र.अ. लगायत सम्पूर्ण शिक्षकहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरालाई इकाइ प्रमुख उपसचिव श्री भूमिलाल शर्मा सुवेदीले जोड दिनुभयो I

जिल्लाको शिक्षा क्षेत्रलाई अब्बल तुल्याउनका लागि शिक्षा विकास तथा समन्वय इकाइ, धादिङले नियमित रूपमा विद्यालयहरूमा गई उपचारात्मक शिक्षण पद्दति सुपरिवेक्षण सञ्चालन गर्दै आइरहेको छ ।

 

सिद्दलेक गाउँपालिकामा उपचारात्मक सुपरिवेक्षण 📌२०८२ माघ २८ र २९

 

सल्यानटार मा.वि., त्रिपुरासुन्दरीमा उपचारात्मक सुपरिवेक्षण 📌२०८२ फाल्गुन १

 

बागेश्वरी मा वि र हर्कपुर माविमा विद्यालय सुपरिवेक्षण सम्पन्न

 

लामागुरु मा.वि.मा विद्यालय सुपरिवेक्षण तथा टिम मेन्टरिङ सहित कक्षा अवलोकन सम्पन्न

 

बेनीघाट रोराङमा समूह सुपरिवेक्षण तथा मेन्टरिङ कार्य सम्पन्न

 

अमर्खु मा.वि., थाक्रे-३ मा सुपरिवेक्षण एवम् कक्षा अवलोकन सम्पन्न

 

गजुरीका तीन माध्यमिक विद्यालयहरूमा बृहत् शैक्षिक अनुगमन; सकारात्मक अभ्याससँगै सुधारका क्षेत्रहरू पहिचान