गङ्गाजमुना गाउँपालिकामा उपचारात्मक सुपरिवेक्षण 📌२०८२ असोज २९
गङ्गाजमुना गाउँपालिकामा उपचारात्मक सुपरिवेक्षण 📌२०८२ असोज २९
शिक्षा विकास तथा समन्वय इकाइ, धादिङको आयोजनामा गंगाजमुना गाउँपालिकाका दुईवटा माध्यमिक विद्यालयमा विज्ञ शिक्षकहरूको समूहद्वारा उपचारात्मक शिक्षण पद्दति सुपरिवेक्षण सम्पन्न भएको छ ।
गंगाजमुना गाउँपालिका अन्तर्गतका श्री मण्डली मा.वि. र तामाङखर्क मा.वि.मा गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयका कक्षाहरु सम्बन्धित विषय विज्ञहरुबाट अवलोकन र सहपाठी शिक्षण गरी विषयवस्तुको ज्ञान, शिक्षण पद्दति र सिकाइ सुधारका बारेमा अन्तरक्रिया गरिएको थियो I
इकाइकी शाखा अधिकृत श्री चण्डिका मल्ल ठकुरीको नेतृत्वमा सञ्चालित उक्त कार्यक्रममा निलकण्ठ बालमन्दिर मा.वि., धादिङबेसीका माध्यमिक अंग्रेजी शिक्षक श्री दिपक सिटौला र माध्यमिक गणित शिक्षक श्री चेत नारायण श्रेष्ठ, शंखादेवी मा.वि., ज्यामरुङका प्र.अ. एवं माध्यमिक नेपाली शिक्षक श्री नित्यानन्द सुवेदी लगायतको विज्ञ टोली खटेको थियो । त्यसैगरी गाउँपालिकाका शिक्षा, यूवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत श्री मान बहादुर बोहोराले आवश्यक समन्वय गर्नुभएको थियो I
कक्षा सुपरिवेक्षण पछि पृष्ठपोषण तथा अन्तरक्रिया कार्यक्रममा विद्यालयका शिक्षकहरूले आफ्नो अनुभव प्रस्तुत गर्नुका साथै विषय विज्ञहरूले आफूले शिक्षण सिकाइमा अवलम्बन गर्ने असल अभ्यासहरू उदाहरणसहित आवश्यक पृष्ठपोषण दिनुभएको थियो ।
जिल्लाको शिक्षा क्षेत्रलाई अब्बल तुल्याउनका लागि शिक्षा विकास तथा समन्वय इकाइ, धादिङले नियमित रूपमा विद्यालयहरूमा गई उपचारात्मक शिक्षण पद्दति सुपरिवेक्षण सञ्चालन गर्दै आइरहेको शाखा अधिकृत चण्डिका मल्ल ठकुरीले जानकारी दिनुभयो ।