सक्सेस एकेडेमी र रक्तबच्छला आधारभूत विद्यालयमा अनुगमन तथा सुपरिवेक्षण

सक्सेस एकेडेमी र रक्तबच्छला आधारभूत विद्यालयमा अनुगमन तथा सुपरिवेक्षण

None

२९ साउन २०८३

गल्छी गाउँपालिका अन्तर्गत सञ्चालित सक्सेस एकेडेमी र रक्तबच्छला आधारभूत विद्यालयको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ । विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक पक्षको अवलोकन गरी सकारात्मक पक्षहरूको निरन्तरता र सुधारका पक्षहरूमा समन्वय गर्दै अघि बढ्न सुझाव प्रदान गरियो ।

१. सक्सेस एकेडेमी, गल्छी-६, बैरेनी

✅सकारात्मक पक्षहरू:

👉🏻शैक्षिक तथा विषयगत योजना निर्माण र कार्यान्वयन

👉🏻नियमित विद्यालय सञ्चालन, व्यवस्थापन तथा

👉🏻शिक्षक/कर्मचारी उल्लेख्य उपस्थिति

👉🏻अभिभावक समन्वय, छात्रवृत्ति व्यवस्थापन र नतिजा विश्लेषण

✅सुधार गर्नुपर्ने पक्षहरू:

👉🏻५ वर्षे विद्यालय सुधार योजना (SIP) निर्माण गरी स्वीकृत गराउने

👉🏻स्थानीय तहबाट विद्यालय वर्गीकरण र शुल्क निर्धारण कार्यान्वयन गर्र्नुपर्ने,

👉🏻सामाजिक परीक्षण र अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउने

२. रक्तबच्छला आधारभूत विद्यालय, गल्छी-२, धादिङ

✅सकारात्मक पक्षहरू:

👉🏻नियमित विद्यालय सञ्चालन

👉🏻शिक्षक-विद्यार्थीको नियमित उपस्थिति

👉🏻नियमित सामाजिक तथा आर्थिक लेखा परीक्षण

👉🏻शिक्षक तथा कर्मचारीहरूमा सामूहिक जिम्मेवारीको भावना

✅सुधार गर्नुपर्ने पक्षहरू:

👉🏻नतिजा विश्लेषणका आधारमा शिक्षण सुधार योजना (SIP) मा समावेश गर्ने

👉🏻शैक्षिक सामग्रीसहितको कक्षा तयारी र खाली पिरियड व्यवस्थापन गर्ने

👉🏻सबै कारोबार डिजिटल/बैंकमार्फत गर्ने (नगदी खर्च नगर्ने)

👉🏻जिन्सी आम्दानी-खर्च दुरुस्त राख्ने

👉🏻विद्यार्थी संख्या वृद्धिमा विशेष पहल गर्ने

🙏🏻गुणस्तरीय शिक्षा र समग्र विद्यालय सुधारका लागि अहोरात्र खट्नुहुने दुवै विद्यालय परिवार, शिक्षक र सरोकारवालाहरूलाई हार्दिक धन्यवाद !