गल्छीको द राइजिङ भिलेजमा विद्यालय सुपरिवेक्षण कार्यक्रम

गल्छीको द राइजिङ भिलेजमा विद्यालय सुपरिवेक्षण कार्यक्रम

None

२८ साउन २०८३

शिक्षा विकास तथा समन्वय एकाइ, धादिङको आयोजना एवम् गल्छी गा.पा., शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा गल्छी गाउँपालिका, धादिङ अन्तर्गत रहेको द राइजिङ भिलेज इङ्लिस स्कुलमा मिति २०८३/०४/२८ गते अनुगमन, निरीक्षण तथा अवलोकन कार्य सम्पन्न भएको छ । अनुगमनका क्रममा पाइएका सबल पक्षलाई निरन्तरता दिँदै सुधार गर्नुपर्ने पक्षमा विद्यालय सरोकारवालाहरूसँग समन्वय, सहयोग र सहकार्य गरी यसको प्रतिवेदन स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखामा पठाउने निर्णय गरिएको छ ।

📌 सबल तथा सकारात्मक पक्षहरू (Strengths)

१. नियमितता र व्यवस्थापन: विद्यालय नियमित रूपमा सञ्चालन तथा व्यवस्थापन भइरहेको छ ।

२. शिक्षण योजना: शिक्षकहरूले नियमित शिक्षण योजना निर्माण तथा कार्यान्वयन गरिरहेको पाइएको छ ।

३. पाठ्यपुस्तक व्यवस्थापन: विद्यालयमा कार्यान्वयन गरिएका पाठ्यपुस्तकहरूको उचित व्यवस्थापन गरिएको छ ।

४. उपस्थिति र IEMIS: शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति सन्तोषजनक रहेको र IEMIS (एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली) कार्यान्वयनमा रहेको छ ।

५. वि.व्य.स. र छात्रवृत्ति: विद्यालय व्यवस्थापन समितिको बैठक बसी निर्णयहरू कार्यान्वयन गरिएको छ भने विद्यार्थी छात्रवृत्ति वितरण व्यवस्थापन नियमित रूपमा भएको छ ।

📌सुधार गर्नुपर्ने पक्षहरू (Areas for Improvement)

१. विद्यालय सुधार योजना (SIP): विद्यालय सुधार योजना निर्माण र कार्यान्वयनको लागि अविलम्ब कार्य प्रारम्भ गर्नुपर्ने ।

२. सामाजिक तथा बाह्य लेखापरीक्षण: विद्यालयको सामाजिक परीक्षण गरी बाह्य लेखापरीक्षण गर्ने परिपाटी बसाल्नुपर्ने ।

३. विद्यार्थी शुल्क स्वीकृति: विद्यालयले कार्यान्वयन गरेको विद्यार्थी शुल्क local level (स्थानीय तह) को शुल्क निर्धारण समितिबाट स्वीकृत गराउनुपर्ने ।

४. वि.व्य.स. / शि.अ.स. गठन: विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) र शिक्षक अभिभावक सङ्घ (शि.अ.स.) को म्याद समाप्त भएको भए अविलम्ब मौजुदा शिक्षा ऐन तथा नियमावली बमोजिम पुनर्गठन गरी कार्यान्वयनमा ल्याउनुपर्ने ।

📌अनुगमनकर्ताहरू (Monitoring Team)

१. एकाइ प्रमुख: कृष्ण कुमार श्रेष्ठ

२. शाखा अधिकृत: विजय तामाङ