एकीकृत पाठ्यक्रमसम्बन्धी कष्टमाइज्ड तालिम सम्पन्न
असोज १-४, २०८३
शिक्षा विकास तथा समन्वय एकाइ, धादिङद्वारा आयोजित एकीकृत पाठ्यक्रमसँग सम्बन्धी कष्टमाइज्ड तालिम आज सम्पन्न भएको छ ।

शिक्षकहरूलाई पाठ्यक्रमको विषयवस्तु, योजना, सहजीकरण र मूल्याङ्कन प्रक्रिया तथा शिक्षणसिकाइमा प्रयोग हुने नवीन कृतिम वुद्धिमता जडित वेभसाइटहरू सम्बन्धी प्रयोगात्मक रूपमा सहजीकरण गर्नु तालिम प्रमुख उद्देश्य रहेको थियो ।

यस कष्टमाइज्ड तालिममा शिक्षकहरूले एकीकृत पाठ्यक्रम, योजना निर्माण, विद्यार्थीकेन्द्रित सिकाइ सहजीकरण, निरन्तर मूल्याङ्कन र AI लगायतका विषयमा क्रियाकलापमा आधारित रहेर सिक्नुभएको थियो । तालिममा ४० जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहजकर्ताको भूमिका IBSE - JICA जिल्ला संयोजक नवराज पाठक, नीलकण्ठ बालमन्दिर मा.वि.बाट प्रशिक्षक दिपेन्द्र रिजाल र शाखा अधिकृत विजय तामाङको रहेको थियो । उद्घाटन सत्र एकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो भने समापन शाखा अधिकृत अन्जला अर्यालले गर्नुभएको थियो ।